कालीगण्डकी करीडोरमा काम गर्ने ७ मजदुर पुरिए २ को सकुशल उद्धार

काठमाडौँ । पूर्वी नवलपरासीको बुलिङटार गाउँ पालिका स्थित कालीगण्डकी करीडोरमा काम गर्नै ७ मजदुर पुरिएका छन् । कालिगण्डकी करीडोरमा ग्र्याभलिङको काम भइरहेको समयमा एक्कसी माथिबाट पहिरो आएर ७ मजदुर पुरिएको गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए ।

उनका अनुसार अपराह्न करिब ५ बजेतिर ग्र्याभलिङको काम गरिरहेका मजदुरमाथि पहिरो आएर पुरेको हो । पहिरोमा ७ जना मजदुर पुरिएकामा २ जनाको जीवितै उद्धार गरिएको छ ।

पुरिएका मध्ये एक जनाको शव निकालिएको र अन्यको उद्धार कार्य जारी रहेको अध्यक्ष बस्ताकोटीले जानकारी दिए ।

‘पहिरो आउने जस्तो ठाउँ थिएन, बलौटे माटो थियो’ उनले भने, ‘यस्तो ठाउँमा पनि कसरी पहिरो आउला भनेर वास्ता गरिएन, एक्कासि पहिरो आयो सात जना कामदार पुरिए, २ जनाको जीवितै उद्धार गरियो, एक जनाको शव निकालिएको छ, उद्धार कार्य जारी छ ।’

अहिले सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको अध्यक्ष वास्ताकोटीको भनाइ छ ।

प्रतिक्रिया