सर्वोच्चको आदेशसँगै उपसचिव र सहसचिव दरखास्त स्थगित

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव र सहसचिवको दरखास्त स्थगित गरेको छ । सर्वोच्च अदालतबाट मंगलवार आयोगका नाममा जारी गरेका तीन वटा अल्पकालीन आदेशसँगै आयोगले दरखास्त अर्को सूचना जारी नभएसम्मका लागि नलिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतबाट मंगलवार आयोगका नाममा जारी गरेका तीन वटा अल्पकालीन आदेशसँगै आयोगले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) तथा स्वास्थ्य सेवाका एघारौँ र नवौँ तहका बढुवा सूचना एवं आन्तरिक प्रतिस्पर्धा तथा खुल्ला सम्पूर्ण विज्ञापनहरूका लागि दरखास्त लिने कार्य स्थगित गरेको आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले बुधबार जानकारी दिएका छन् ।

आयोगले असोज १८ गते राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) र स्वास्थ्य सेवाका ११औं र ९ औं तहका पदको कार्यक्षमता, ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवा, स्वास्थ्य सेवातर्फकै ११औं र ९औं तहका प्राविधिक र अप्राविधिक पदको आन्तरिक र खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।

प्रतिक्रिया