रुखबाट लडेर राप्तीमा एकको मृत्यु
२०७७ कार्तिक १८ गते

चितवन । चितवनको राप्ती नगरपालिकामा रुखबाट लडेर मङ्गलवार एक जनाको मृत्यु भएको छ ।
राप्ती नगरपालिका–१ सिमराका ५५ वर्षीय जित बहादुर राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
आफ्नै घर नजिकको भेल्लरको रुखबाट घाँस झार्ने क्रममा लडेर उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका राईको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२०७७ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








