आईसीयुमा अन्तिम श्वास गनिरहेकी आमालाई भेट्न किन गएनन् शाहरुख ?

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान हिजाेबाट ५५ बर्षका भए । नोभेम्बर २, १९६५ मा नयाँ दिल्लीमा जन्मेका शाहरुखले १५ वर्षको उमेरमा नै बुबा मीर ताज मोहम्मद खान गुमाएका थिए ।

बुवा बितेको १० बर्षपछि उनले आमा पनि गुमाए । शाहरुखले ‘द अनुपम खेर शो : को कुछ भि होता सक्ता है’ कार्यक्रममा भनेका थिए–‘मैले मेरी आमालाई उनको अन्तिम क्षणमा चोट पुर्‍याएको थिएँ ।’ यद्यपि उनले यसबारे दिएको कारण धेरै भावनात्मक थियो ।

शाहरुख आफ्नो आमालाई भेट्न आईसीयू जान चाहँदैनथे

आमाको मृत्यु भएको दिन उनी दिल्लीको बत्रा अस्पतालको पार्किङमा आमाको लागि प्रार्थना गर्दै थिए । आमालाई आईसीयूमा भर्ना गरिएको थियो । शाहरुख त्यतिखेर आफ्नी आमालाई भेट्न जाँदैन थिए । किनकि कसैले उनलाई भनेको थियो – यदि कामना गरिरह्यो भने आमालाई केही पनि हुँदैन । त्यसैले उनी अस्पतालकाे पार्किङ स्थलमै प्रार्थना गरेर बस्थे ।

‘१०० पटकसम्म प्रार्थना गर्नको लागि गएको थिएँ, तर १०० भन्दा बढी पटक प्रार्थना गरेँ । अचानक डाक्टर आए र भने तिमी आईसीयूमा जान सक्छौ, जसको मतलब आमाको अन्तिम घडी आएको थियो’, शाहरुखले भने –‘म जान चाहन्न थेँ, किनकि मैले प्रार्थना गरिरहेँ भने मेरी आमा बाँच्नु हुनेछ जस्तो लाग्यो । तर बहिनी र अरूले भने कि जान आवश्यक छ, हामी जानुपर्छ ।’

किन शाहरुखले आईसीयूमा आफ्नी आमालाई चोट पुर्याए ?

त्याे क्षण सम्झँदै शाहरुख भन्छन्–,

‘म विश्वस्त छु कि जब मान्छेलाई सबै कुराको सन्तुष्ट हुन्छ तब उसले संसार छोड्छ । किनकि यदि त्यस्तो होइन भने आमा बुबाले बच्चाहरूलाई छोड्न सक्दैनन् । जब मेरी आमा आईसीयूमा हुनुहुन्थ्यो म उहाँसँगै बसेँ र मैले दुर्व्यवहार गरेँ । मैले उहाँलाई चोट पुर्याएँ । मैले सोचेँ, यदि मैले उनीहरूलाई सन्तुष्ट हुन दिइनँ भने उनीहरू जाने छैनन् । साेहि कारण मैले उहाँसँग कुरा गरिरहेँ र भने कि यदि तपाईंले छोड्नुभयो भने, म मेरो बहिनीको ख्याल राख्दिन । म पढ्ने छैन, काम पनि गर्ने छैन ।’

बुबासँगकाे अन्तिम सम्झना

शाहरुखले अन्तर्वार्तामा बुबा मीर ताज मोहम्मदको अन्तिम स्मृति पनि उल्लेख गरे । शाहरुखका अनुसार बुबालाई क्यान्सर भएको थियो । उनको उपचार भइरहेको थियो र उनलाई निको पारेर घर ल्याइएको पनि थियो । शाहरुख भनछन्–‘१८ अक्टूबरका राती म सुतिरहेको थिएँ । आमाले आएर उठाउनु भयो । अनि भन्नुभयो बुवा हस्पिटलमा हुनुहुन्छ । मेरो अन्तिम दृश्य याे थियो की मैले बुवाको खुट्टा देखेँ । उनका खुट्टा धेरै ने चिसा थिए । तर, मैले उनकाे अनुहार देखिनँ । किनकी मलाई धेरै दुःखीरहेको थियो ।’

शाहरूख १५ वर्षकाे हुँदा उनका बुवा बितेका हुन् । त्यसैले भविष्यमा के बनुँ भनेर बाबुसँग साेध्न पाएनन् । तर उनलाई पीताले एक दुई वटा कुरा भने अझै याद छन् । ‘बुवाले जुन कुरामा दिल खुशी हुन्छ त्यहि बन् भन्नुहुन्थ्याे ।
म उहाँसँग धेरै नजिक थिएँ, कि मेरो साथी जस्तै हुनुहुन्थ्यो ।’

जब बहिनी डिप्रेसनमा गइन्…!

शाहरुखकी बहिनी शहनाज लाला रुख खान बुबाको लास देखेर बेहोस भएकी थिइन् । त्यो गहिरो दुःखमा उनी डिप्रेसनमा गइन् र अहिले पनि उनी बिरामी परिरहन्छिन् ।

शाहरुखले बुवाको मृत्युको आघातमा शहनाजले मानसिक सन्तुलन गुमाएको र २ बर्षसम्म यसबाट निको हुन नसकेको बताएका थिए । उनी रुन्थिन्, चिच्याउन खोज्थिन् । बुवा गुमाउनुकाे पीडा उनको अनुहारमा स्पष्ट देखिन्थ्याे । डिडिएलजेको शूटिंगको क्रममा उनको स्वास्थ्य बिग्रियो र उनलाई उपचारको लागि स्विजरल्याण्ड लगिएको थियो ।

‘जब म फिल्म गीत तुझको तो ये जना सनम फिल्मको लागि शूटिंग गर्दै थिएँ, शहनाजकाे स्विजरल्याण्डमा उपचार भइरहेको थियो । उपचारपछि उनको अवस्था सुधार भयो, तर उनी अझै पूर्ण रूपमा निको हुन सकेकी छैनन्’, शाहरूखले भने ।

प्रतिक्रिया