खैरहनीमा कोरोना लागेका २३० जना निको भए

चितवन । चितवनको खैरहनी नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्या ३२७ पुगेको छ ।

जेठ महिनादेखि कात्तिक १८ गतेसम्म सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । खैरहनीमा पहिलो पटक जेठ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो अवधिमा कुल संक्रमित मध्ये २३० जना भने कोरोना मुक्त भएको नगरपालिकाको स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माले जानकारी दिए ।

८८ जनामा भने कोरोना सक्रिय अवस्थामै रहेको छ । कोरोनाका कारण यस नगरपालिकामा ९ जनाको मृत्यु भएको शर्माले बताए । मृत्यु भएका प्राय सबै दिर्घ रोगबाट पीडित पनि थिए । हाल सक्रिय संक्रमित मध्ये ७७ जना होम आउसोलेसन, ४ जना सामुदायिक आइसोलेसन र ६ जना अस्पताल आइसोलेसनमा छन् । एक जना हिरासतमा छन् । खैरहनीमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी गरि २० जना बढीमा पनि कोरोना संक्रमण भएकोमा सबै कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया