परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद : गगन थापा

काठमाडौं । काठमाडौंबाट निर्वाचित जनप्रतिनिधि तथा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले काठमाडौंमा खाना खुवाउने परोपकारी काम गरिरहेकाहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । थापाले मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा उक्त पवित्र कार्यलाई थप निरन्तरता दिन समेत आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिका क्षेत्रमा खाना खुवाउने व्यक्ति तथा समूहलाई स्थानीय सरकारले रोक लगाएको भन्दै विरोध भइरहेका बेला उनले उक्त कार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले भनेका छन्, ‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरूले खाना खुवाइरहनुभएको छ । विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिइदिनुभएकोमा धेरै धन्यवाद ! म काठमाडौँको जनप्रतिनिधि यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु ।’

काठमाडौंका विभिन्न क्षेत्रमा निःशुल्क खाना खुवाउने काम भइरहँदा महानगरपालिकाको बेइज्जत भएको भन्दै रोक्ने सूचना जारी भएपछि सबैले आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया