‘…तबसम्म म जस्तो लभर ब्वाइ बन्न सक्नु हुन्न’

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानले २ नोभेम्बर (हिजाे) मा आफ्नो ५५ औं जन्मदिन मनाएका छन् । सामाजिक दूरी कायम गरि उनका फ्यानहरुले सामाजिक सञ्जालमा उनको लागि प्रार्थना समेत गरेका थिए ।

शाहरुखको जन्मदिनमा उनका प्रशंसकहरूले ५ हजार ५५५ थान पीपीई किट्स र सेनिटाइजर बाँडेका थिए । आफ्नो भर्चुअल फ्यानहरूको लागि शाहरूखले पनि एक भिडियो सन्देश सार्वजनिक गरेका थिए ।

शाहरुखले समुद्रको किनारमा रेकर्ड गरिएको उक्त भिडियो सन्देशमा भनेका छन्– ‘अर्को जन्मदिन सँगै मनाउँला । तपाईंहरुले गरेको प्रार्थनाको लागि धन्यवाद दिन याे भिडियाे बनाएकाे हुँ । एसआरके युनिभर्स, फ्यान क्लब र सबै जसको नाम मैले भुलेको छु, तपाईंहरु सबैलाई धन्यवाद । जसले रक्तदान, पीपीई किटहरू र अन्य आवश्यक चीजहरू दिनुभयो, त्यसको लागि पनि धन्यवाद । जबसम्म तपाइँ प्रेम फैलाउन सक्नु हुन्न तबसम्म म जस्तो प्रेमी केटा बन्न सक्नु हुन्न । ५६औं जन्मदिन ५५ औं भन्दा राम्रो हुनेछ । सबैलाई धेरै माया ।’

शाहरूखको फ्यानहरूले उनकाे जन्मदिनकाे अवसरमा अहिलेकाे याे बिषम परिस्थिति कोविडमा ५५५५ थान मास्क, सेनिटाइजरहरू र खाद्य वस्तुहरू बाँडेका थिए । कोरोना संक्रमणलाई ध्यानमा राख्दै खानका फ्यानहरूले यो निर्णय लिएका हुन् । भिडियोमा शाहरुखले फ्यानहरूको यस कार्यको प्रशंसा पनि गरेका छन् ।

शाहरुख आजभोलि युएईमा छन् । त्यसकारण जन्मदिनमा उनको घर बाहिर सुनसान थियाे । शाहरुख आफैंले पनि प्रशंसकलाई यस बर्षको जन्मदिनमा भीड नबनाउन अपील गरेका थिए ।

प्रतिक्रिया