मकवानपुरमा बिहानै थपिए ६१ कोरोना संक्रमित

चितवन । मकवानपुरमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडास्थित किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका २ सहित ६१ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार बिहान सार्वजनिक रिपोर्ट अनुसार संक्रमित हुनेहरुमा २३ महिला र ३८ पुरुष रहेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका भित्रका मात्रै ५३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये पनि उपमहानगरपालिका वडा नम्बर ५ का १६ जना छन् ।

बकैया, भिमफेदी र मनहरी गाउँपालिकाका २-२ जना सिन्धुली तथा पर्साका एक-एक जनामा पनि संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।

प्रतिक्रिया