ओपो द्वारा हाई-प्रसेजन आरटीके पोजिसनिङ अल्गोरिथमको घोषणा

शन्चन। ओपोले मोबाइलफोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचानगर्न सघाउने स्व-विकसितउद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ ।

ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यू भन्छन्,‘कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी यूगमाईनडोर तथा आउटडोर प्रयोग गरिरहँदा विभिन्न एप्लिकेशन्सका लागि सुदृढ नेभिगेशन प्रणालीको आवश्यकता पर्छ । बढ्दो बजार मागलाई सम्बोधनगर्ने सोचका साथओपोले आफ्नो हाई प्रसेजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमा कार्यान्वयनमा ल्याउन लागेको हो । यो प्रविधिले असिमित प्रयोगर्तालाई फाइदा पु¥याउने कुरामा हामी विश्वस्त छौँ ’,।

मोबाइल नेभिगेशनमा प्रयोगकर्ता अनुभवमासुधार उपलब्ध गराउने सोचका साथओपोले विद्यमान पोजिसनिङ प्रविधिका स्थानमाआरटीके प्रविधि स्मार्टफोनमा उपलब्ध गराउन लागेको हो । आरटीके पोजिसनिङ प्रविधिवाहक चरण मापन (क्यारियर फेज मेजरमेन्ट) मा आधारित छ । यसले मेजरिङ स्टेशन्स मार्फत प्राप्त डाटालाई वास्तविक समयमै प्रोशेस गरी स्थानकाबारेमा सटिक जानकारी प्रस्तुत गर्छ ।

जटिल प्रणालीको प्रयोग हुने यस प्रविधि पछिल्ला समयमा औद्यागिक मापनका लागि गरिन्थ्यो । यसको सिधाप्रयोग स्मार्टफोनका लागि अनुपयुक्त थियो । ओपोले एक्सेलेरोमिटर र गायरोस्कोप लगायत मोबाइलफोन सेन्सर्सबाट उपलब्ध हुने जानकारीको प्रयोग गर्ने अल्गोरिथमको विकास गरेको हो । यसले स्थानको सटिक जानकारी दिनुका साथै संकेटमा हस्तक्षेपका कारण हुन सक्ने प्रभाव न्यूनिकरणमा समेत सघाव पु¥याउँछ ।

सन् २०२१ देखि ब्यवसायिक रुपमाउपलब्ध गराउने लक्ष्यका साथहालओपो यस प्रविधिलाई परिपूर्ण र ब्यवसायिक बनाउने कार्यमा लागि परेको छ ।

प्रतिक्रिया