ओली आफ्नो कुबाटोमा दृढ छन्, अब उनको सति जाने कि विद्रोह गर्ने ?

काठमाडौं । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाका नेता/कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सती नजान सुझाएका छन् । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा डा. भट्टराईले यस्तो प्रक्रिया दिएको हुन् ।

सामाजिक सञ्चालमार्फत् अध्यक्ष डा. भट्टराईले ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै अरुले उनको सति जाने कि बेलैमा विद्रोह गर्ने भनेर प्रश्न समेत गरे । विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको उनले तर्क थियो ।

‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो,’ नेता भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको? ओली आफ्नो कुबाटोमा दृढ छन् । अरू उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने ?’

प्रतिक्रिया