विप्लव समूहकी जिल्ला सेक्रेटरी पक्राउ, ललितपुरका एसएसपीलाई दिएकी थिइन् धम्की !

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी) पक्राउ परेकी छिन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईलाई धम्की दिने विप्लव समूहका ललितपुरकी सेक्रेटरी उनी शनिबार पक्राउ परेकी हुन् ।

ललितपुरको पाटनको मंगलबजार क्षेत्रबाट पक्राउ उनलाई नियन्त्रणमा लिइएको एसएसपी राईले बताए । सेक्रेटरी विदुषीले जेठ ३१ गते एक विज्ञप्ति जारी गर्दै नागरिकको बाँच्ने अधिकारको हनन नगर्न उनलाई धम्की दिएकी थिइन् ।

प्रतिक्रिया