उपत्यकामा थपिए १३५७ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८८ पुरुष र ५६९ महिला गरेर २४ घण्टामा उपत्यकामा १३ सय ५७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौँमा ११ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ संक्रमित थपिएका हुन् । हाल काठमाडौंमा १६८९०, भक्तपुरमा ११५१ र ललितपुरमा २३०३ सक्रिय संक्रमित रहेका छन् ।

यसमध्ये काठमाडौंमा १०५०१ र ललितपुरमा २२५७ जना होम आइसोलेसनमा बसेका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा २१९, भक्तपुरमा ६६ र ललितपुरमा ६० जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया