बालुवाटार पुगे प्रचण्ड, अध्यक्षद्वयबीच भेटवार्ता जारी
२०७७ कार्तिक १५ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न दाहाल दिउँसो बालुवाटार पुगेका हुन् ।
दुई अध्यक्षबीच अहिले बालुवाटारमा भेटवार्ता चलिरहेको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए । भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ ।
४ कात्तिकयता उनीहरूबीच संवाद रोकिएको थियो । नेकपाको कर्णाली प्रदेशमा देखिएको समस्या र मन्त्रिमण्डल पुनर्गठनको विषयले ओली-दाहालबीच तिक्तता बढाएको छ ।
लगातार ओलीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड भेटका लागि बालुवाटार पुगेका हुन् । बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।
२०७७ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित








