डोटी अस्पतालमा आईसीयू र भेन्टिलेटर जडानकाे तयारी

डोटी । जिल्ला अस्पतालमा पहिलोपटक आईसीयू र भेन्टेलेटर शय्या जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आईसीयू र दुई भेन्टिलेटर शय्या उपलब्ध गराएको हो ।

विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालमा आईसीय तथा भेन्टिलेटर नहुँदा बिरामीलाई अन्य जिल्ला पठाउनु पर्ने बाध्यतालाई ख्याल गरी प्रदेश सरकारले जिल्लामै उपचार गराउन आईसीय र भेन्टेलेटरसहितको शय्या उपलब्ध गराएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार सामाजिक विकास मन्त्रालयबाट उपलब्ध भएका ती शय्याहरू जिल्लामा पुगिसकेको र आइतबारदेखि जडान कार्य सुरु हुनेछ । प्रदेश सरकारको सहयोगमा केही महिना पहिले अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को परीक्षणका लागि पीसीआर मेसिन जडान गरिएको थियो । रासस

प्रतिक्रिया