युवककाे खुट्टा छिनाल्ने दुई जना सार्वजनिक, यसरी पत्ता लगाएकाे थियाे प्रहरीले अभियुक्त

काठमाडाैं । इलाका प्रहरी कार्यालय तुलसीपुरले एक युवककाे खुट्टा छिनाल्ने दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेकाे छ ।

घटनाको चार दिनपछि शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार (कमारा) बिकको खुट्टा छिनाल्ने तुलसीपुर–१० का २४ वर्षीय अमृत चौधरी र तुलसीपुर-१६ उत्तर कुररियाका २२ वर्षीय पवन चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेकाे हाे ।

उनीहरू दुवै अभियुक्तले बिकको खुट्टा आफूहरूले खुर्पाले हानेर छिनालेको स्वीकारे प्रहरीले जनाएकाे छ ।

रक्सीकाे नसामा उनीहरूले विकमाथि प्रहार गरेका थिए । आक्रमणपछि बिकको बाँया खुट्टाको गोलीगाँठा भन्दा माथिबाट च्याट्टै छिन्याे । दुबै हात र ढाडमा समेत गहिरो घाउ लागेकाे थियाे । घटनाकाे सूचना पाएलगत्तै प्रहरीले विककाे उद्धार गरी  अस्पताल पुर्याएकाे थियाे । अहिल‍े उनको लखनउमा उपचार भइरहेको छ ।

घटनापछि प्रहरीले ८८ जनालाई पक्राउ गरी सोधपुछ गरेकाे थियाे । त्यही बीचमा एक क्लुमार्फत् उनीहरू अभियुक्तकाे घरसम्म पुगेका थिए । अमृतले लगाउने जुत्तामा रगत देखिएपछि उनी अनुसन्धानकाे घेरामा परेका थिए । साेधपुछका क्रममा उनीहरूले नै विकमाथि आक्रमण गरेको पुष्टि भएको हो ।

प्रतिक्रिया