३, ५१७ संक्रमित थपिए, ४०९६ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४०९६ डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार आज (शुक्रबार) ३, ५१७ जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १६ संक्रमितकाे मृत्यु भएकाे छ ।

आजको थप अपडेटसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख ६८ हजार २३५ पुगेकाे छ । संक्रमितमध्ये १ लाख २८ हजार ९५८ जना डिस्चार्ज भएका छन् । ३८ हजार ३५७ जना सक्रिय संक्रमितकाे उपचार चलिरहेकाे छ ।

यस्तै मृतक संख्या ९२० पुगेकाे छ ।

 

 

प्रतिक्रिया