चलचित्र ‘लक्ष्मी बम’ बिवादित बनेपछि नाम परिवर्तन गरियो

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम’ को नामको विषयमा चलिरहेको विवादका कारण निर्माण टिमले चलचित्रको नाम फेरेको छ ।

अहिले यो चलचित्रको नाम  ‘लक्ष्मी’ मात्र राखिएको छ । यो चलचित्र नोभेम्बर ९ मा डिजिटल फ्लेटफर्म मार्फत रिलिज हुँदैछ । उक्त चलचित्र विगत केही समयदेखि विवादमा परिरहेको थियाे । चलचित्र निर्माण टिमलाई श्रीराजपुत करणी सेनाले एक कानुनी सुचना समेत पठाएकाे थियो ।

नोटिसमा चलचित्रको नाम बदल्न माग गरिएको थियो । तुसार इन्टरटेन्मेन्ट हाउस र सविना इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्रमा अक्षय कुमार र नायिका कियरा आडवाणीको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया