युरोपा लिग: आसर्नल र लेस्टर सिटी विजयी

काठमाडौं । युरोपा लिग फुटबलमा आर्सनल र लेस्टर सिटीले जित निकालेका छन् । गएराति भएको खेलमा आसर्नल डुन्डलकमाथि ३-० गोलले विजयी भएको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितका लागि एडी एन्काटिया, जोए विलोक र निकोलस पेपेले एक एक गोल गरे । यो जितसँगै समूह बीमा रहेको आर्सनलले सुरुवाती दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । पराजित डुन्डलक अंकविहीन हुँदै समूहको पुछारमा छ ।अर्काे खेलमा प्रिमियर लिग क्लब लेस्टर सिटीले ग्रिस क्लब एथेन्समाथि २-१ को जित हासिल गरेको छ । एथेन्सको घरेलु मैदानमा भएको खेलमा सिटीको जितका लागि जेम्स भार्डी र हाम्जा चौधुरीले एक-एक गोल गरे । घरेलु टोलीका लागि मुअमर तान्कोभिचले एक गोल फर्काएका थिए ।

युरोपा लिगको समूह जीमा रहेको सिटीको यो दोस्रो जित हो । सुरुवाती दुई खेलका जित निकालेको सिटी ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दुवै खेल गुमाएको एथेन्स अंकविहीन हुँदै तेस्रो स्थानमा छ ।

प्रतिक्रिया