कार्तिक १४ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक १४ गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्दशी,२७ घडी ५८ पला,बेलुकी ०५ बजेर २५ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–रेवती,२३ घडी ५१ पला,दिउसो ०३ बजेर ४६ मिनेट उप्रान्त अश्विनी । योग–बज्र,५७ घडी १२ पला,रातको ०५ बजेर ०७ मिनेट उप्रान्त सिद्धि । करण–वणिज,बेलुकी ०५ बजेर २५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मीन,दिउसो ०३ बजेर ४६ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १९ मिनेट । दिनमान २७ घडी ४३ पला । कोजाग्रत व्रत। अखिलबलिपूर्ति -सिंघया। । धनिष्ठा पञ्चक समाप्ति।

आजको बार बेला ।
बिहान ०६ बजेर १४ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर १५ मिनेटदेखी बिहान ७ बजेर ३७ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ३८ मिनेटदेखी बिहान ९ बजेर ०० मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर ०१ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखी दिउसो १ बजेर १० मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ११ मिनेटदेखी दिउसो २ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ३४ मिनेटदेखी दिउसो ३ बजेर ५६ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ५७ मिनेटदेखी बेलुकी ६ बजेर ५६ मिनेटसम्म रोग बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर २३ मिनेटदेखी बिहान ११ बजेर ४६ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्क सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ । तरपनि बैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय भने फस्टाएर जानेछ । साझपख समय राम्रो रहेकोले व्यापार व्यावसायमा वृद्धि हुनेछ । सामाजीक कामबाट लाभ लिन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानिका नयाँ बाटाहरु पहिल्याउदै मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुने तथा नयाँ प्रकृतिका काम शुभारम्भ गर्न सकिनेछ । माया प्रेममा एक अर्का बीच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफुतिर ल्याउन सकिनेछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्राविधिक काममा सफलता प्राप्त हुने भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाजसेवामा काम गरि पद प्राप्तीको योग रहेकोछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको सिर्जना गरि आर्थिक रुपमा सवल हुन सकिनेछ । मिहिनेतले राम्रा काम गर्न सकिनेछ । माया प्रेमम रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुनाले मन खुसि हुनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाफा कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुनाले काम गर्न जागर बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरु समयमा सम्पन्न नहुने तथा आलोचकहरु बढ्नेछन् । पढाइ लेखाइ तपाई आफ्नै कारणले फितलो रहनेछ । पहिले नै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउनेछ भने आफन्त तथा दिदि बहिनी हरुसँग घरायसि बिषयमा मनमुटाव सिर्जना हुनेछ । साझबाट धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ । धर्म सस्कृति तथा रितिरिवाज जोगाउने काममा समय व्यातित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) वीलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । व्यापारमा मनग्गे आम्दानि हुनेछ भने आम्दानिका नया स्रोतहरु फेला पार्न सकिनेछ । मध्यान्हपछिको समय मध्यमय रहेकोले आफन्त तथा दिदिबहिनी सँग बिवाद बढ्ने योग रहेकोछ । तरपनि नसोचेको धन सम्पति हात लागी हुने प्रशस्त सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंत्तिमा आउनेछ भने नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुँदा मन खुसि रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुनाले आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पति लाभ हुने योग रहेकोछ । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला । तरपनि सवारी साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानि हुनेछ । तरपनि साझपख समय राम्रो रहेकोले खोजीमुलक क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ । अध्ययनमा मन जानेछ भने उपाहार प्राप्तीको गतिलो योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने जोस आउनेछ । दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुनाले व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । साझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापारमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिस्पर्धीको मनोबल गिराउदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया