काजल अग्रवाल भोलि बिवाह बन्धनमा बाधिँदै

एजेन्सी । बलिउड तथा साउथ चलचित्रकी चर्चित एवं सुन्दरी अभिनेत्री काजल अग्रवाल भोलि (शुक्रबार) बिवाह बन्धनमा बाधिँदै छिन् ।

अभिनेत्री काजलले मंगलबार (आज) आफ्नो इन्स्टाग्राम मार्फत् गौतम किचलुसँग ३० अक्टोवरमा बिवाह गर्न लागेकाे जानकारी गराएकी हुन् । बिहेपछि पनि आफुले दर्शकलाई मनोरञ्जन दिइरहने काजलले बताएकी छिन् । साथै दर्शकहरुलाई निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत दिएकी छिन् ।

गौतम एक इन्टरप्रेनर हुन् । उनी डिस्सर्न लिभिङ डिजाइन शपका फाउन्डर तथा एक इनटेरियर डिजाइनर हुन् । काजलले बिवाहको तयारिको केहि फोटोहरु समेत सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

प्रतिक्रिया