काेराेना संक्रमणबाट कैलालीमा थप एक जनाकाे मृत्यु

धनगढी । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट कैलालीमा थप एक जनाकाे मृत्यु भएकाे छ ।

धनगढी उपमहानगरपालिका-२ कि ५७ वर्षीया महिलाकाे उपचारका क्रममा आज (बिहीबार) बिहान मृत्यु भएकाे हाे ।

ती महिला कात्तिक १० गते कडा खालकाे निमाेनिया भएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएकाे थियाे । उनीमा कात्तिक १२ गते काेराेना पुष्टि भएकाे थियाे । काेराेना पाेजेटिभ देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएकाे थियाे ।

उपचारकै क्रममा उनकाे मृत्यु भएकाे हाे ।

प्रतिक्रिया