मलाई धेरै गीत गाएर भाइरल हुनु छैन: ममता गुरुङ (भिडिओ सहित )

एन्जिला क्षेत्री
काठमाडौं । नेपाल आइडल सिजन ३ की टप ९ प्रतिस्पर्धी हुन् गायिका ममता गुरुङ । सानै देखि गीत संगीतमा रुचि राख्ने ममता रेडियोकर्मी पनि हुन् । पोखरामा जन्मिएर हुर्केकी ममताले केही समय पोखराकै स्थानीय रेडियोमा कार्यक्रम सञ्चाल समेत गरिन् ।
ममता सानैदेखि विभिन्न गायन प्रतियोगिताहरुमा भाग लिने गर्थिन् । सानैदेखि म जसरी भए पनि कलाकार बन्छु भन्ने सपना बोकेर हिँडेको उनी बताउँछिन् । घरमा उनको बुबा पनि गीत गाउने गर्थे । बुबाले उनलाई आफू अगाडि राखेर रियाज गर्ने गर्थे । त्यसरी नै उनले सानैदेखि संगीत सिकेकी थिइन् । संगीत प्रतिको भाव बुझेकी थिइन् ।

पहिलो पटक उनी ६ कक्षामा पढ्दा विग आइकन शोमा सहभागी भएकी थिइन् । त्यो समयदेखि नै उनी संगीत प्रति केन्द्रित हुन थालिसकेकी थिइन् । नेपाल आइडलमा आउनु पुर्व नै धेरै रियालिटी शोहरुमा सहभागी भएर धेरै अनुभव बटुलिसकेकी ममता टप १० को टार्गेट राखे आइडलमा प्रवेश गरेको बताउँछिन् । जुन उनले सोचेको जस्तै पनि भयो । उनी नेपाल आइडल टप ९ बाट बाहिरिएकी थिइन् ।

भिडिओ

उनी आइडलमा ‘आवाज देउ मलाई’ बोलको गीत गाएर छनौट भएकी थिइन् । भन्छिन–‘आइडलमा जानु मेरो कुनै उद्देश्य थिएन, रुचि थियो । बाबाको सपना पनि पूरा गर्नु थियो,र ममता गुरुङ भन्ने पनि गागिका छ है । उसले पनि राम्रो गाउँछे भनेर सबैको मनमा पार्न चाहन्थेँ ।’ हाम्रो समाजमा अझै पनि आफ्ना सन्तानलाई कलाकार बनाउने भनेपछि प्रायः बाबु–आमा राजी हुँदैनन् । कति सन्तानले बाबा आमाको खुसीको लागी भए पनि आफ्ना सपनाहरु त्याग्नु परेको हुन्छ । तर, ममताको बाबा आमाको सपना भने उनलाई एउटा सफल कलाकार बनाउनु छ ।

कसैलाई केही कुरामा त कसैलाई केही कुरामा एकोहोरो प्रेम बसेको हुन्छ । त्यस्तै ममतालाई पनि सानैदेखि कलाकारितासँग गहिरो प्रेम बसेको थियो । भन्छिन–‘बाबा आमाले समाचार सुन्दा पनि म समाचारमा नै अभिनय गर्थे ।’ भर्खरै मात्र कलाकारितामा पाइला चालेकी उनले सिक्न त धेरै बाँकी नै छ ।

कलाकारितामा मात्र होइन । हरेक क्षेत्रमा नयाँलाई गाह्रो हुन्छ नै । नयाँलाई त्यति थाहा नहुन पनि सक्छ । नयाँ–नयाँमा मौका अवसर दिउँ भन्ने कमै भेटिन्छन् । प्रतिस्पर्धाको जमनामा टिक्न पनि गाह्रो छ । त्यस्तै ममताको पनि अनुभबव रहेको छ । उनि आइडलमा आउनु भन्दा पहिलेको कुरा हो । जब कुनै एउटा चलचित्रबाट गीत गाउनको लागि अफर आउँछ । आफ्नै खर्चले आउने जाने भाडा जुटाएर काठमाडौं आई गीत रेकर्ड गरेर फर्किन्छन् । तब केही समयपछि भनिन्छ अब यो गीत आउँदैन । सोचिँदैन कि, त्यति बेला उसमा के बित्ला ? ममताको जीवनमा पनि यस्ता घटनाहरु धेरै घटेको सुनाउँछिन् ।

पछिल्लो समय बजारमा भाइरल बनेर केही समयको लागि चर्चित बन्नेको कमी छैन । अहिले त यस्तो लाग्छ मान्छेहरुको सोच नै म कसरी भाइरल हुने भन्ने मात्र छ कि जस्तो । तर, भाइरल केही समयको लागि मात्र हो । हामी कुनै पनि काम गर्छौं भने त्यो क्षेणिक नहोस् । हुन त जुन सुकै क्षेत्रमा काम आफैले राम्रो गर्नु पर्ने हुन्छ । कामहरु कुनै पनि नराम्रो भन्ने हुदैन तर, कस्तो गर्ने भन्ने कुरा आफुमा भर पर्छ । त्यस्तै कुनै पनि गीत आफैँमा नराम्रो हुँदैन् । गाउने गायक गायिकाले त्यसलाई कति न्याय गर्न सक्छ भन्ने कुरामा भर पर्छ । ममता भन्छिनः–‘आफूले गीतलाई न्याय गरेर गाउन सकियो भने मात्र गीत राम्रो बन्छ । धेरै गीत गाएर भाइरल हुनु छैनमलाई’

अहिले ममतालाई गीतहरु सुन्ने फुर्सद नै छैन । अफर आएका गीतहरुको डमी सुन्दा स्टुडियो धाउँदा नै दिनहरु बित्छन् ।आज उनी काठमाडौंका विभिन्न स्टुडियो धाउन थालेकी छिन । जुन उनको सपना नै थियो । स्टुडियो धाएर गीत गाउने आज बल्ल पूरा भएको छ ।

प्रतिक्रिया