मकवानपुरमा थप ४२ जना कोरोना संक्रमण पुष्टि

चितवन । मकवानपुरमा थप ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमित मध्य २३ जना पुरुष र १९ जना महिला छन् ।

संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिका भित्रका ४१ जना र मकवानपुरगढि गाउपालिकाका १ जना रहेका छन् । हेटौंडा उपमहानगरपालिकाको पनि वडा नम्बर ५ का सबैभन्दा धेरै १२ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताए ।

उनका अनुसार कार्तिक १२ गते संकलन गरिएको ६९ जनाको स्वाब मध्ये ४२ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार ४६ जनाको स्वाब परिक्षण गर्दा २७ जनामा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया