काठमाडौं भित्र्याउँदै गरेका १३ लाख रुपैयाँ बराबरका पटाकासहित मानिस पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका २ नागढुङगाबाट करिब १३ लाख ३० हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार थान खुर्सानी पटाका सहित कञ्चनपुर भिमदत्त नगरपालिका ४ घर भएका ३० वर्षीय नबिन जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिट मुनि लुकाई छिपाई ल्याएको अवस्थामा उक्त पटाका फेला पारी बस चालक जोशीलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका २ नागढुङगाबाट ८ हजार ४ सय थान खुर्सानि पटाका, १२ थान सिङग्ल रकेट लेखिएको पटाका, ८० थान गमला पटाका, १ सय थान बुलेट पटाका, १ सय ९० थान लामो रकेट पटाका सहित रौतहट राजदेवी नगरपालिका ६ घर भएका ३२ वर्षीय पिन्टु जैसवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गौरबाट काठमाडौंतर्फ आउँदै गरको ना.६ ख ७११४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा जैसवालले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पटाका सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा अनुसन्धान तथा कारवाही भइरहेको छ ।

प्रतिक्रिया