२४ घण्टामा १९५४ संक्रमित थपिए, ८८७ पुगे मृतक

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा १९५४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । २९८१ जना निको हुँदा १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया