चिसो बढ्योः काठमाडौंको तापक्रम यो वर्षकै कम, जुम्लामा माइनस !

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । बुधबार बिहान यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको हो ।

बिहान काठमाडौंको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसममा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । महाशाखाका अनुसार गत आइतबार उपत्यकाको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

अघिल्लो सातादेखि तापक्रम निरन्तर घट्दै गएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो काठमाडौंको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ । जुम्लाको माइनस १ डिग्री सेल्सियसमा झरेको छ ।

प्रतिक्रिया