कोरोनालाई जितेका वीरका डाक्टरको मुटुको रोगले ज्यान लियो

काठमाडौं । वीर अस्पतालका चिकित्सक (प्यारामेडिक्स) कालु सिंहको मुटुको समस्याका कारण मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका सिंहको गएराती मृत्यु भएको हो ।

अस्पतालको कार्डियोलोजी डिपार्टमेन्टको ओपिडीमा काम गर्ने सिंह दुई साताअघि कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका थिए । घरमै आराम गरिरहेका सिंह सोमबार राति अचानक पेट दुःख सुरु भएसँगै वीर अस्पतालमै भर्ना भएका थिए ।

‘उहाँको पहिल्यैदेखि समस्या थियो । हिजो अलि समस्या भएर इमर्जेन्सीमा ल्याइएको रहेछ। उपचारको क्रममा निधन भएको हो,’ वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले भने ।

प्रतिक्रिया