मदिरा सेवन गरी कुटपिट, कमलबहादुरको ज्यान गयो
२०७७ कार्तिक ११ गते

सांकेतिक तस्बिर
काठमाडौं । बैतडीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ डुङरीका ३२ वर्षीय कमलबहादुर साउदको मृत्यु भएको हो ।
प्रहरीका अनुसार साउदमाथि स्थानीय वीरेन्द्रचन्द्र र ज्ञानेन्द्र चन्दले मदिरा सेवन गरी यही असोज ९ गते राति कुटपिट गरेका हुन् । साउदमाथि कुटपिट भएलगत्तै उनलाई उपचारका लागि धनगढी पठाइएको र धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाइएको थियो ।
साउदको कोहलपुर नपुग्दै सोमबार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।
कुटपिटमा संलग्न भनिएका वीरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।
२०७७ कार्तिक ११ गते
प्रतिक्रिया
सम्बन्धित









