चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

कार्तिक १० गते । चितवनमा सोमबार एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो महिलाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार भरतपुर १० कि ६७ बर्सिया महिलाको मृत्यु भएको हो ।

कात्तिक ५ गते ज्वरो,स्वासप्रस्वासमा समस्या भइ अस्पताल भर्ना भएकी ती महिलामा ६ गते कोरोना संज्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप र मधुमेहबाट पिडित समेत रहेकी ती महिलाको दिउँसो १:४३ बजे मृत्यु भएको डाक्टर लम्सालले बताए ।

आइतबार राती भरतपुर १ निवासी ७७ बर्सिय पुरुषको मृत्यु भएको थियो । ती पुरुषको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

उपचारका क्रममा आइतबारराती १२:२९ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए । कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष होम आइसोलेसनमा बस्दै आएका थिए ।

प्रतिक्रिया