स्पेनमा राष्ट्रिय आपतकाल, रातिको समयमा देशभर कर्फ्यू

काठमाडौं । स्पेनमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउनुको सट्टा झन बढ्न थालेपछि सरकारले आपतकालीन अवस्थासँगै रात्रिकालीन कर्फ्यू लगाएको छ ।

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्पेन सरकारले आपतकालीन अवस्था घोषणा गरेर राति ११ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको प्रधानमन्त्री पेड्रो सान्चेजले बताए ।

उनले कर्फ्यू आजै रातिदेखि लागू हुने जानकारी दिएका छन् । पहिलो लहरमा कोरोना सङ्क्रमण फैलिएको बेलामा स्पेनमा लकडाउन घोषणा भएपछि सङ्क्रमित सँगै ज्यान गुमाउनेको संख्यामा कमी आएको थियो ।

अहिले फेरि सङ्क्रमण फैलने दर तीब्र रुपमा बढेको भन्दै रोकथामको लागि रात्रिकालिन कर्फ्यू लगाइएको हो । स्पेनमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ भने साढे ३४ हजारको ज्यान गएको छ ।

प्रतिक्रिया