चितवनमा ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर १ निवासी ७७ वर्षीय पुरुषको आइतबार राती मृत्यु भएको हो ।

ती पुरुषको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा आइतबार राती १२ः२९ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए । कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष होम आइसोलेसनमा बस्दै आएका थिए ।

स्वासप्रस्वासमा समस्या भए पछि कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप,दम र मधुमेहबाट समेत पिडित उनको कोभिड आइसियु कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया