एकैदिन थपिए २८५६ कोरोना संक्रमित, ३३३६ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२,३११ नमुना परीक्षण गर्दा २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१०६७ महिला र १७८९ पुरुषमा थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनामा कारणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । योसहित नेपालमा अहिलेसम्म ८४७ सङ्क्रमितको मृत्यु भएको छ ।

थप ३,३३६ सङ्क्रमित निको हुँदा हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ११ हजार ६७० जना पुगेको छ भने ४५ हजार ५७२ संक्रिय संक्रमित छन् हाल देशभर गरी ४५,५७२ जना आइसोलेशनमा छन् भने ३,०६४ जना क्वारन्टीनमा रहेका छन् ।

प्रदेश अनुसार बाग्मती प्रदेशमा सबभन्दा ठूलो सङ्ख्यामा मानिसहरू सङ्क्रमित छन् । बाग्मती प्रदेशमा अहिले २७,७११ जनामा सक्रिय सङ्क्रमण छ ।बाग्मतीमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

त्यस्तै झापा, मोरङ, सुनसरी, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली जिल्लामा पनि ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । कुल सङ्क्रमितमध्ये २७७ जना सघन उपाचार कक्षमा र ६६ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया