मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पछिल्लो २४ घण्टामा २,२२५ संक्रमित थपिए, थप १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ८४६ नमुना परीक्षण गर्दा २,२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

७७९ महिला र १४४६ पुरुषमा थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनामा कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । योसहित नेपालमा अहिलेसम्म ८४२ सङ्क्रमितको मृत्यु भएको छ ।थप २,८४६ सङ्क्रमित निको हुँदा हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ भने ४६ हजार ५७ संक्रिय संक्रमित छन् ।

प्रतिकृयाहरु
Loading...