नेकपाको चाल हेर्दा ‘खोइ के, खोइ के’ ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी विवादले केन्द्रमा हलचल मच्चिएको छ । विवादलाई लिएर अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो चार दिनभित्रमा छुट्टाछुट्टै वक्ताव्य र निर्देशन दिए ।

यहि विषयलाई लिएर नेकपाभित्र आरोप प्रत्यारोप चलिरहेको छ । यसैबीच नेकपाका नेता विष्णु रिजालले दुई अध्यक्षको कार्यशैलीले नेता-कार्यकर्तामा थप अन्योलको अवस्था सिर्जना गराएको बताएका छन् । पार्टीभित्रको पछिल्लो कर्णाली विवादलाई लिएर दुई अध्यक्षका छुट्टाछुट्टै विज्ञप्ति र निर्देशनले पार्टीको अवस्था नै ‘खोइ के, खोइ के’ भन्ने अवस्थामा पुगेको उनको भनाई छ ।

उनले सामाजिक सञ्जाल ट्विटरमा  लेखेका छन् – ‘महाभारतमा भनिएको छ, ‘नश्यन्ति बहुनायक’ अर्थात् बहुनायक भए भने नाश हुन्छ। गाउँघरमा भनाइ छ, ‘धेरै बिराला भए भने मुसा मार्दैनन्’ अर्थात् हुनुपर्ने काम हुँदैन। हाम्रो पार्टीको चाल–ढाल हेर्दा ‘खोइ के, खोइ के’ भन्नुपर्ने अवस्था उत्पन्न भएको छ। ४ दिनमा २ वक्तब्य, २ निर्देशन !’

प्रतिक्रिया