तीनकुनेमा स्कुटर पल्टिँदा २९ वर्षीय युवाको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार राति स्कुटर पल्टिँदा गम्भीर घाइते भएका मनोज विष्टको उपचारको क्रममा मृत्यु भएको हो ।

राति बानेश्वरबाट कोटेश्वर गइहेको प्रदेश ३- ०९ -२०१२ प ७१०१ नम्बरको स्कुटर पल्टिँदा काठमाडौं मुलपानीका २९ वर्षीय विष्ट गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार उनको उपचारको क्रममा राति नै ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

दुर्घटनाको कारण नखुलेको छैन । मध्यरातमा खुला सडकमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया