कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरी अपराध निरुत्साहित गरिने : मन्त्री तुम्बाहाङ्फे

तेह्रथुम । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रमसमेत सञ्चालन गरी अपराधलाई निरुत्साहित गर्ने बताएकी छन् ।

मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तेह्रथुमले आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उक्त जानकारी दिएकी हुन् ।

सरकारले अध्यादेशमार्फत समेत ऐनहरु निर्माण गरी अपराध नियन्त्रण शुरु गरेको र धेरै ऐनहरु बन्ने प्रक्रियामा रहेको उनले बताइन् ।

उनले मौलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण गरेर कार्यन्वयनमा ल्याइएको पनि बताइन्।

प्रतिक्रिया