प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सम्बोधन अपराह्न ४ः२५ बजे शुरु हुने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ भने प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट https://kpsharmaoli.com.np/ मा पनि हेर्न सकिनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देशवासीका नाममा सम्बोधन गर्न लागेको जानकारी दिए पनि सम्बोधन के विषयमा हुन लागेको हो भन्ने खुलाइएको छैन । सरकारले कोरोना परीक्षण र संक्रमितको उपचार शुल्क लिएर मात्र गर्ने निर्णय गरेपछि जनस्तरमा सरकारको आलोचना चुलिएको छ ।

प्रतिक्रिया