चितवनमा ८४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । राप्ती नगरपालिका ५ निवासी ८४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत ती महिलाको बिहान ४ः१५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए । श्वासप्रस्वास र उच्च ज्वरोको समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा ६ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

योसंगै राप्तिमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । गएराती मात्रै भरतपुरका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया