होम आइसोलेसनमा रहेका संक्रमितको अस्पताल पुगेलगत्तै मृत्यु

चितवन । चितवनमा कोभिड-१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । असोज २६ गते संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका-७ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी होम आइसोलेशनमा बस्दै आएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि उनलाई बिहिबार राति भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । थर उनको उपचारका क्रममा बिहिबार राति नै मृत्यु भएको अधिकारी लिलाधर पौडेलले बताए ।

प्रतिक्रिया