अबको पाँच दिन स्वास्थ्य मन्त्रालयले कोरोना सम्बन्धि प्रेस ब्रिफिङ नगर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण सम्बन्धि जानकारी दिन नियमति गर्दै आएको पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगित गरेको छ । दसैं पर्वका कारण आजदेखि पाँच दिनसम्म प्रेस ब्रिफिङ नहुने भएको हो ।

अब कात्तिक १२ गतेबाट मात्रै कोरोनाबारेको नियमित पत्रकार सम्मेलन सुरु हुने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । ‘यो अबधिमा कोरोनाको बारेमा थप जानकारी तथा सूचना सामाजिक सञ्जालबाट गराउने छौं,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयले २५६ दिनदेखि अपराह्न ४:१५ बजे कोरोनासम्बन्धी सूचना सार्वजनिक गर्दै आएको थियो ।

प्रतिक्रिया