बसको ठक्करबाट खैरहनीमा एक जनाको मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्वीचितवनको खैरहनी ९ मा काकडभिट्टाबाट नारायणगढ तर्फ आई रहेको ना ७ख ४९८१ नम्बरको बसले ठक्करदिदा एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो ।

अन्दाजी ३५ बर्षको पुरुषको सनाखत हुन सकेको छैन । शव छेतबिछेत अवस्थामा रहेकोले सनाखत गर्न कठिन भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया