युरोपा लिग: टोटनहम र लेस्टरको सहज जित

काठमाडौं । इंग्लिस क्लब टोटेनहम हस्टपर र लेस्टर सिटीले युरोपा लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

समूह ‘जे’ मा टोटेनहमले अष्ट्रियन क्लब लास्कमाथि ३–० को सहज सजत हात पारेको हो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा टोटेनहमको सहज जितमा लुकास मौउरा र ह्युङ मिन सनले गोल गर्दा एक गोल उपहार पाएको थियो ।यस्तै समूह ‘जी’ मा इंग्लिस क्लब लेस्टर सिटीले युक्रेनी क्लब एफसी जोर्यामाथि ३–० को सहज जित निकालेको छ । लेस्टरको जितमा जेम्स म्याडिसन, हार्भे बार्नेस र केलेची इहेयानाचोले गोल गरे ।

यही समूहको अर्को खेलमा पोर्चुगिज क्लब ब्रागाले ग्रीसको एइके एथेन्समाथि ३–० कै सहज जित हात पारेको छ ।

प्रतिक्रिया