वीपी प्रतिष्ठानमा धरानका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा थप एक कोरोना संक्रमित मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा.आशिष श्रेष्ठले यसबारे पुष्टि गरेका हुन् ।

सह प्रवक्ता श्रेष्ठका अनुसार मृतक धरान१८ , सुनसरीका ५६ वर्षीया महिला रहेकी छिन् । उच्च रक्तचापकी दीर्घराेगी रहेकी उनी कार्तिक ३ गते वीपीकाे काेभिड अस्पताल भर्ना भएकी थिइन् । 

आज (बिहीबार) उनको उपचारका कंममा मृत्यु भएको हो ।  

प्रतिक्रिया