प्रधानमन्त्री र रअ प्रमुखबीचको भेटवार्ता आपत्तिजनक : भीम रावल

काठमाडौं । सत्तारूढ नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गाेयलबीचकाे भेटवार्ता आपत्तिजनक रहेकाे बताएका छन् ।

भेटवार्ता र गाेयलकाे भ्रमण कूटनीतिक मर्यादा विपरीत रहेकाे उनकाे भनाइ छ ।

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक र कूटनीतिक मर्यादा विपरीत छ’, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

गाेयल बुधबार दिउँसाे काठमाडाैं आएका थिए । उनले बुधबार बेलुकी प्रधानमन्त्रीसँग भेटवार्ता गरेकाे ओलीकाे प्रेस सल्लाहकार सूर्य थापाले स्पष्ट पारिसकेका छन् । अहिले रअ प्रमुख गाेयल दिल्ली फर्किसकेका छन् ।

प्रतिक्रिया