माधव नेपाल भन्छन्- ‘रअका प्रमुखसँग भेट भएको छैन, भ्रममा नपर्नुहोस्’

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग आफ्नो भेटवार्ता नभएको स्पष्ट पारेका छन् ।

केही सञ्चार माध्यमहरूमा उनी र रअ प्रमुखबीच भेटवार्ता भएकाे समाचार सार्वजनिक भएपछि बिहीबार सामाजिक सञ्जालमा ट्वीटरमा एक ट्वीट गर्दै उनले यसबारे स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्, – ‘पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’

यसअघि उनकाे सचिवालयले पनि यसबारे प्रष्ट पारिसकेकाे छ । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नेता नेपालले प्रमुख गोयलबीच भेट भएको भन्ने समाचार झुट, कपोलकल्पित र भ्रामक भएको बताएका थिए ।

प्रतिक्रिया