वीपी प्रतिष्ठानले शशुल्क कोरोना संक्रमितको उपचार गर्ने भनेपछि कांग्रेसको आपत्ति

विराटनगर । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानले पैसा लिएर मात्र पिसिआर परीक्षण तथा कोभिड संक्रमितको उपचारको गर्ने निर्णय गरेकोमा नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ ।

नेपाली कांग्रेस प्रदेश १ सरकारका प्रमुख सचेतक केदार कार्कीले सरकारी स्वास्थ्य संस्थाले निःशुल्क कोरोना संक्रमितको उपचार गर्नुपर्नेमा शुल्क तोकेकोमा आपत्ति जनाए ।

प्रतिष्ठानले आउँदो आइतबारदेखि लागु हुने गरी पिसिआर परीक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरेको छ भने, कोरोना संक्रमितको उपचारका लागिसमेत शुल्क र धरौटी निर्धारण गरेको छ ।

प्रमुख सचेतक कार्कीले प्रतिष्ठानले सार्वजनिक गरेको शुल्क फिर्ता गर्न भनेका छन् । उनले अन्यथा जनताको तर्फबाट अप्रिय निर्णय लिनुपर्ने हुन्छ भन्दै चेतावनी पनि दिएका छन् । प्रतिष्ठान सरकारी लगानी र खर्चमा चलेको तथा जनताले निःशुल्क स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार रहेको उनको भनाई छ ।

हिजो प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले सूचना जारी गर्दै कोभिड परीक्षण तथा उपचारको लागि भएका नयाँ निर्णयहरूको सार्वजनिक गरेका छन् । प्रतिष्ठानले यसअघि पिसिआर परीक्षण गर्दा २ हजार लिँदै आएकोमा २ सय बृद्धि गरेको छ । भने, कोरोना संक्रमणको उपचारमा धरौटी समेत राख्नुपर्ने भनेको छ ।

कुनै लक्षण नभएकोले ७ हजार, हल्का लक्षण भएकोले १२ हजार, मध्यम लक्षण भएकोले ३५ हजार तथा गम्भिर लक्षण भएकोले ६० हजार रकम उपचार सेवा अगावै धरौटी राखेपछि मात्र वीपी प्रतिष्ठानमा उपचार सेवा पाउने छन् ।

प्रतिष्ठानले लक्षण नभएकोलाई २ हजार, हल्का लक्षण भएकालाई ३५ सय, मध्यम लक्षण भएकालाई ७५ सय र गम्भिर लक्षण भएकालाई १५ हजार दैनिक शुल्क लिने भनेको छ ।

प्रतिष्ठानमा प्रदेश १ को लेवल ३ कोरोना हस्पिटल भएपनि उचित व्यवस्थापन भएको छैन । प्रतिष्ठानका उपकुलपति र उनका स्वकीय सचिव दिलिप भट्टराईले कोरोना हस्पिटललाई भ्रष्टाचारको अखडा बनाएको आरोप छ ।

याे पनि हेर्नुहाेस्

वीपी प्रतिष्ठानमा काेराेनाकाे उपचार गर्दा ७ देखि ६० हजार धराैटी, शुल्क कति ?
प्रतिक्रिया