नेपालमा हलचल मच्चाएर दिल्ली फर्किए ‘रअ’ प्रमुख !

काठमाडौं । बुधबार नेपाल आएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्तकुमार गोयल आज (बिहीबार) दिल्ली फर्किएका छन् ।

बिहीबार बिहान सवा १० बजे इन्डियन एयरफोर्सको जहाज दिल्लीतर्फ फर्किएको विमानस्थल प्रहरीले जनाएको हाे । उक्त जहाजमा बुधबार रअ प्रमुख गाेयलकाे टाेली आएकाे बताइएकाे छ । उनी बुधबार दिउँसो पौने १ बजे  काठमाडौं आएका थिए ।

उनी नेपाल आएकाे खबर बाहिरिने बित्तिकै नेपालमा हलचल मच्चिएकाे छ । उनी नेपाल आउनुकाे कारण र उनले क-कसलाई भेटे भन्नेबारे सरकारले सम्पूर्ण सूचना गाेप्य राखेकाे छ ।

सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु गुप्तचर प्रमुखको भ्रमणबारे अन्योलमा छन् । यसअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली,  पूर्वप्रधानमन्त्रीहरू लगायतले रअसँग भेट गरेकाे खबर बाहिरिएकाे थियाे । यद्यपी प्रचण्ड र नेपालकाे सचिवालयले भेट नभएकाे स्पष्ट पारिसकेकाे छ ।

प्रतिक्रिया