भरतपुर अस्पतालमा उपचाररत संक्रमित महिलाको मृत्यु

भरतपुर । चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा-५ बस्ने ३३ वर्षीया महिला छन् ।

भरतपुर अस्पतालमा उपचाररत ती महिलाको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनमा सोही दिन कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । -रासस

प्रतिक्रिया