राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी, के होला निर्णय ?

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलको अध्यक्षतमा राष्टिय सुरक्षा परिषदको बैठक अहिले साँझ ६ बजेदेखि बालुवाटारमा बसिरहेको छ ।

परिषद्‍मा रक्षामन्त्री, गृह, परराष्ट्र, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् । साथै, रक्षा मन्त्रालयका सचिव सदस्य–सचिव हुने व्यवस्था छ ।

देशको शान्ति सुरक्षाका बारेमा बैठकमा छलफल गरिने स्रोतले जानकारी दिएको हो । मंगलबार मात्रै नेपाली सेनाको पृतनापतिहरुको दुई दिने सम्मेलन सकिएको थियो । लगत्तै सुरक्षा परिषदको बैठक बोलाइएको हो ।

 

प्रतिक्रिया