सुनको मूल्य वृद्धि, आज कारोबार कतिमा ?

काठमाडौं । सुनको मूल्य आज बढेको छ । प्रतितोला ८ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि कारोबार मूल्य ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँ बढेको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ४० रुपैयाँ भएको छ। मंगलबार तोलामा १० रुपैयाँ बढेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया